भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास सम्भवः रामचन्द्र पौडेल

डिसी नेपाल
१८ मंसिर २०७९ १६:३६

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए ।

’देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार  र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’, उनले भने ।  यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।

उनले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *