रिफाइन्ड तेल क्यान्सर लगायतका रोगको कारण बन्छ, आजै भान्साबाट निकाल्नुहोस्

डिसी नेपाल
२२ मंसिर २०७९ १२:०८

काठमाडौं । शरीरलाई तन्दुरुस्त राख्न र भित्री अंगलाई लचिलो राख्न घिउ र तेल खानु अति आवश्यक मानिन्छ । यसको सेवनले हाम्रो शरीरलाई धेरै भिटामिन प्राप्त हुन्छ । तर सबै प्रकारका तेलले हाम्रो शरीरलाई फाइदा गर्छ भन्ने होइन ।

बजारमा सस्तो मूल्यमा बिक्री हुने रिफाइन्ड तेलमा यस्ता धेरै रसायन पाइन्छ। जसले हाम्रो शरीरलाई बिस्तारै कमजोर बनाउँछ । त्यसैले यस्तो रिफाइन्ड तेललाई सदाको लागि अलविदा भन्नु नै हाम्रो शरिरका लागि लाभदायक हुन्छ। आज हामी तपाईलाई यस बारे विस्तृत जानकारी दिन्छौं।

स्वास्थ्य विज्ञहरूका अनुसार रिफाइन्ड तेल वास्तवमा प्राकृतिक तेलको दबाइएको रूप हो। जनताको आवश्यकतालाई ध्यानमा राखी यसलाई उच्च तापक्रममा रिफाइन्ड गरी धेरै प्रकारका केमिकल मिसाइन्छ । त्यसपछि यसमा कुनै गन्ध वा स्वाद रहँदैन। यसो गर्नाले प्राकृतिक तेलका सबै पोषक तत्वहरू नष्ट भएर शरीरमा ट्रान्स फ्याटको मात्रा बढ्न थाल्छ। यसका कारण शरीरमा उच्च कोलेस्ट्रोल, इन्सुलिन र ट्राइग्लिसराइड्सको स्तर बढ्छ, जसका कारण एचडीएल कोलेस्ट्रोलको मात्रा घट्छ।

बजरमा सजिलै पाइने सोयाबिन तेल, बदामको रिफाइन्ड तेल, क्यानोला तेल, मकैको तेल, सूर्यमुखी तेलहरु रिफाइन्ड तेलहरु हुन् । यसमा विभिन्न प्रकारका रासायनिक पदार्थ मिसाएर बनाइएको हुन्छ । यी तेलहरुको प्रयोगले मोटोपना, प्रजनन क्षमता, क्यान्सर, ग्याष्टर, रोग प्रतिरोधात्मक क्षमतामा कमी र एथेरोस्क्लेरोसिस जस्ता गम्भीर रोगले घेर्न सक्ने चिकित्सकहरू बताउँछन् । त्यसैले सकेसम्म चाँडो यी ६ रिफाइन्ड तेलबाट टाढा रहनु फाइदाजनक हुन्छ।

यी प्राकृतिक तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छन्:

प्रशोधित तेलको सट्टा तोरीको तेल, बदामको तेल, नरिवलको तेल, तिलको तेल वा देसी घिउ प्रयोग गर्न सकिने आयुर्वेदाचार्य बताउँछन्। यसको सेवनले शरीरमा कुनै साइड इफेक्ट हुँदैन र शरीर भित्रबाट पनि बलियो हुन्छ । यो प्राकृतिक तेलले शरीरमा प्रतिरक्षा, नयाँ कोशिकाको निर्माण, हर्मोन उत्पादन र ओमेगा ३ फ्याट मस्तिष्कलाई बलियो बनाउँछ। हाम्रो गाउँघरमा विभिन्न घरेलु प्रविधिबाट पिसेर निकालिएको तेल नै हाम्रो शरिररका लागि उपयुक्त हुने गर्दछ । यसमा कुनै पनि किसिमको रासायनिक पदार्थ मिसाइएको हुँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *