नेपाल टी–२० लिगः काठमाडौंको नयाँ टिम भित्रियो

डिसी नेपाल
२२ मंसिर २०७९ २१:२०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौंको नयाँ टिम भित्रिएको छ ।

काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको छ । नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा काठमाडौं नाइट्सले लिग खेल्ने क्यानले जनाएको छ । योसँगै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।

अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन् ।

क्यानका अनुसार ८ पुसमा सुरु हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *