जाडोमा किसमिस धेरै नखानुहोस्, यस्तो हुन सक्छ
काठमाडौं । किसमिसको मिठासले हामीमध्ये धेरैलाई आकर्षित गर्छ। यसलाई धेरै तरिकाले प्रयोग गरिन्छ, कसैले यसलाई सिधै खान्छन्, कोहीले यसलाई मीठो परिकार बनाउन प्रयोग गर्छन्।
किसमिस अंगुरलाई सुकाएर बनाइन्छ। यही सुकेको अगुरलाई किसमिस भनिन्छ। यो किसमिस मानव स्वास्थ्यको लागि धेरै नै लाभकारी मानिन्छ। यसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ।
जाडो मौसममा प्रायः सुक्खा फलफूल खाने सल्लाह दिइन्छ, किनभने यसको प्रभाव तातो हुन्छ। यस्तो अवस्थामा यसले जाडो मौसममा धेरै रोगहरूबाट जोगाउँछ, साथै शरीरलाई पूर्ण पोषण पनि मिल्छ। तर, जाडो मौसममा किसमिसलाई सावधानीपूर्वक खानुपर्छ किनभने यसले स्वास्थ्यलाई हानि पुर्याउँछ।
धेरै किसमिस खानुका बेफाइदाहरु
–जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन ड्राई फ्रुट खानु राम्रो मानिन्छ तर किसमिस धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ । खासगरी मधुमेहका बिरामीले बढी सजग रहनुपर्छ ।
–निर्धारित सीमाभन्दा बढी किसमिस सेवन गर्ने मानिसलाई पेटसम्बन्धी समस्या हुन्छ । कतिपयलाई ग्यास र झाडापखाला जस्ता समस्याहरू हुन सक्छन्।
–जाडो मौसममा धेरै किशमिस खाने मानिसलाई एलर्जी जस्ता समस्या हुन सक्छ। त्यसैले निश्चित सीमा थाहा पाउनु पर्छ।
–किसमिसमा प्राकृतिक चिनी पाइने भए पनि मिठो भएकोले यसलाई सिमित मात्रामा खानुपर्छ। नत्र चिनी बोसोमा परिणत भएर तौल बढ्न सक्छ ।
–कलेजो हाम्रो शरीरको निकै नाजुक अंग हो। त्यसैले यससँग सम्बन्धित समस्याबाट छुट्कारा चाहनेले जाडो मौसममा धेरै किसमिस नखानुहोस् नत्र कलेजोमा क्षति पुग्न सक्छ ।
Facebook Comment