अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित)

डिसी नेपाल
२८ मंसिर २०७९ ०:४४

क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिवसको आयोजना गर्यो ।जूम मार्फत भएको उक्त कार्यक्रममा नेपाली राजदूताबासका तर्फबाट कन्सूलर रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । क्यानडाका बिभिन्न शहरहरू अटवा, लण्डन अन्टारियो, किचेनर, विण्डसर, टोरण्टो, एडमण्टन क्यूवेक आदि शहरहरूबाट नातिनातिना र हजुरबाआमा जोडिएका थिए ।

त्यस्तै गरी अमेरिकाका वासिंगटन डिसी, भर्जिनिया, डालस, अस्टिन आदि ठाउँबाट सहभागिता रहेको थियो । त्यस्तै गरी काठमाण्डौ,मोरङ र झापाका बिभिन्न ठाउँबाट कार्यक्रममा जोडिनु भएको थियो । सानी वालिका संस्कृती बुढाथोकीको संस्कृतको “बक्रतुंण्ड महाकाय” भन्ने श्लोकबाट शुभारम्म गरिन् । उनले आफैँ तयार गरेका बिभिन्न मिष्टान्न भोजनहरू हजुरबुबा र हजुरआमालाई अर्पण गरेर सम्मान गरिएको थियो । हिमालयन नेपाली स्कुलका बालवालिकाहरूले आआफ्ना कविताहरू वाचन गरेर सुनाएका थिए । बेलिस्मा फुयाल, मन्जिल भण्डारी, बर्षा राई, अन्जली राई, बर्षा तिम्सिना, आदम राई एन्जला राई, सम्पदा दुलाल, मविर राई,सचिन चौँलागाई, राजेन्द्र श्रेष्ठ, जस्लिन ढकाल, मोहन सिटौला आदि कविहरूले कविता वाचन गरेर सुनाएका थिए ।

अतिथिहरूमा अनेसासका पूर्वअध्यक्ष साहित्यकार, प्राध्यापक मोहन सिटौला, अनेसासका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसासका महासचिव विमला ढुंगाना निरौला, हिमालयन नेपाली बिधालयका प्राचार्य ब्रायन खड्का, र शिक्षक सन्तमान राई, अनेसास डिसीका महासचिव कविन्द्र सिटौला, जगदिस पराजुली ,पंडित धर्मदास शास्त्री ,एनआरएनका पूर्वकोषाध्यक्ष सुर्य भट्टराई, अनेसास क्यानडाका सल्लाहकार कृष्णहरि गौतम, चिजू गौतम , सुरेन उप्रेती, निकिता उप्रेती, कविता खरेल, दिपक त्रिपाठी, सृष्टी खरेल, इसा भट्टराई, रन्जना कार्की , नविन सुवेदी, सन्तोष बराल सहभागी थिए । त्यस्तै नेपालबाट रेणु शर्मा, कमला उप्रेती, पवित्रा चौँलागाई, विसिका संग्रौला, अन्वेशिका अधिकारी,आकांक्षा खरेल , बबिता सिटौला ,सिता घिमिरे मैनाली सहभागि थिए।

प्रमुख अतिथिको आशन ग्रहण गर्दै कन्सूलर रोजिना ताम्राकारले हजुरबुबा र हजुरआमा भनेको हिँजोको ईतिहाँस र भोलिको भविष्यको मार्ग दर्शक भएको बताइन्। उनले भनिन्, ‘यो दिनले दुई पिंडीलाई जोड्ने काम गरेको छ । उहाहरूले नातिनातिनालाई कुनै आग्रह विनानै ममता दिएर अशल नागरिक बन्न हरेकपाइलामा प्रेरित गर्नु हुन्छ। हजुरबाआमा पहिलो गरू हुनु हुन्छ । उहाँहरूको खुशीको लागि हामीले समय दिनु पर्दछ । सदैब सम्झनु पर्दछ । उहाँहरू जीवित देवता हो।’ अनेसास क्यानडाले यो कार्यको शुरू गरेर महत्वपूर्णकाम गरेको छ भन्दै शुभकामना दिइन् ।

अनेसासका संस्थापक अध्यक्ष एवम सल्लाहकार सुरेन उप्रेतीले हजुरबाआमा दिवसको थालनी किन गरिएको हो भन्ने बारेमा चर्चा गर्दै भने, ‘हामी कुशेऔंशीमा बुबालाई सम्मान गर्छौँ । मातातीर्थ औँशीमा आमाहरूलाई सम्मान गर्दछौँ । तीजमा चेलिवेटीहरूलाई बोलाउने र खुवाउने गरिन्छ । त्यस्तै गरी तिहारलाई चेलीमाइतीको पर्वका रूपमा मनाइन्छ ।

तर हजुरबाआमाका लागि त्यस्तो कुनै दिन छैन । त्यो अभावका कारण नातिनातिना र हजुरबाआमाका विचमा ठूलो खाडल रहेको छ । त्यो खाडल मेटाउन र जीवित देवतारूपी हजुरबाआमा सँग नातिनातिना नजिक बनाउन यो दिनको आवश्यकता पर्दछ । हजुरबाहजरआमालाई मिठो भोजन गराउने, उपहारहरू दिने, पूजा गर्ने,घुम्न लैजाने र उहाँहरूका कुरा सुन्ने अनि आशिर्वाद लिने दिन हो आज । हजुरबाआमाको सम्मान गर्न यो दिवसको परिकल्पना गरिएको हो । अनेसास क्यानडाले गत आषाड २९मा भानुजयन्तिका दिन मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउँने घोषणा गरेको थियो।

अर्का बक्ता अनेसासका सल्लाहकार कृष्णहरि गौतमले हजुरबाआमा र नातिनातिनाको प्रगाढ सम्बन्धका बारेमा चर्चा गरे । कार्यक्रममा प्राध्यापक मोहन सिटौलाले हामी ऋषीहरूका सन्तान भएको बताए । उनले भने,‘ हाम्रो बैद्धिक संस्कृतिमा बृद्धबृद्धाहरूलाई भगवानका रूपमा हेर्ने चलनछ । हामीले अरू पश्चिमेली संस्कृतिलाई पनि यो सन्देस प्रवाह गर्नु पर्दछ । यो अति उत्तम कार्यको थालनी भएको हो।’ कार्यक्रममा चिजु गौतम, सन्तमान राई, कमला उप्रेती, रेणु शर्मा, जगदिस पराजुली, धर्मदास बुढाथोकी, अनेसासकी महासचिव विमला ढुंगाना निरौला, बरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, कविता खरेल आदिले गहन विचारहरू राख्दै शुभकामना दिएका थिए।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत श्री भृगु ढुँगानाले पठाएको सन्देशलाई निकिता उप्रेतीले वाचन गरेर सुनाए । कार्यक्रमलाई रन्जना कार्कीले सन्चालन गरेकी थिइन् भने अनेसासकी सचिव ईशा भट्टराईले सबैलाई स्वागत गरिन् ।

अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमम व्यस्त समयका बाबजूद उपस्थित सबै श्रष्टा, साहित्यकारहरू, अनेसासकेन्द्रका प्रतिनिधिहरू, राजदूतावासका कनशूलर रोजिना ताम्राकार ,उपस्थित हजुरबाआमाहरू, सानानानीबाबूहरू र सहभागी सबैलाई धन्यवाद दिँदै यो कार्यलाई सन्सारभरी फैलाए मात्र आजको हजुरबाआमा दिवसले शार्थकता पाउँने बताए ।

त्यस्तै गरी अनेसास क्यानडाको आव्हानमा साथ दिँदै सन्सारका बिभिन्न ठाउँहरूबाट हजुरबुबा हजुरआमा दिवस मनाएका सन्देश र तश्विरहरू प्राप्त भएका छन् । कती तस्बिरहरु  हजुरबाआमाको सम्झना र सम्मानमा प्रस्तुत भएका छन् ।

भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *