विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश
काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् ।
साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए।
बुधबार दिउँसो १२:३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ ।
शनिबार राति भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगिज टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । योसँगै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
युवराजले टोलीलाई बधाई दिँदै भने, “तपाईले जे हासिल गर्नुभयो त्यो अरब राष्ट्र र जनताका लागि गौरवको विषय हो र हामी सबै टोलीको सफलताको कामना गर्दछौं।”
शनिबार अरब राष्ट्र, प्यालेस्टाइन र पाकिस्तानले मोरक्कोको जितमा उत्सव मनाएका छन् । धेरैले मोरक्कोको जितलाई इस्लामको विजयसँग जोडिरहेका थिए।
बुधबार अबेर राति हुने दोस्रो सेमिफाइनलमा फिफाको फाइनल खेलमा अर्जेन्टिनाको सामना गर्ने टोली मोरक्को वा फ्रान्सले तय गर्नेछ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ । यदि मोरक्कोले फ्रान्सलाई हराएमा उसले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ र यदि हार्यो भने फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ।
Facebook Comment