अन्डरआर्म्स कालो भएकाले हात उठाउन गाह्रो भएको छ ? यसो गर्नुहोस्!
काठमाडौं । यदि कुनै व्यक्तिको अन्डरहर्म कालो भयो भने उसलाई स्लिभलेस लगाउन वा त्यस्तो लुगामा हात उठाउन गाह्रो हुन्छ। सामान्यतया, यस्तो समस्या रौं हटाउनका लागि प्रयोग गरिने क्रिम बढी प्रयोग गर्ने मानिसहरूलाई आउँछ। तर तपाई आत्तिनु पर्दैन, घरेलु उपचारको मद्दत लिन सकिन्छ। आफ्नो काखी सफा गर्न भान्सामा पाइने केही चीजहरू प्रयोग गर्न सक्नुहुन्छ।
कालो अन्डरहर्मका लागि केसर र दूधको प्रयोग गर्नुहोस् । यो उपाय शताब्दीयौं पुरानो हो, यसले छालाको सौन्दर्य बढाउन सक्छ। एउटा कचौरामा दूध राख्नुहोस् र यसमा केसर थप्नुहोस्। दूधको रङ अलिकति केसरियो भएमा कपासको सहायताले कालो अन्डरहर्ममा लगाउनुहोस् । यसो गर्दा पूर्ण सरसफाई हुनेछ।
एलोवेरा जेल छालाको लागि धेरै लाभदायक मानिन्छ। त्यसैले यसलाई धेरै सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ। सबैभन्दा पहिले घरको भाँडोमा एलोभेराको पातबाट जेल निकालेर दिनको दुई पटक अन्डरआर्म्समा लगाउनुहोस्, केही दिनमै फरक देखिनेछ।
यस्तै अन्डरहर्मको कालो हटाउनका अको घरेलु उपाय यस्तो छ । यो मास्क तयार गर्न, कफी र महलाई एउटा भाँडोमा राम्ररी मिलाउनुहोस्। अब यसलाई आफ्नो कालो अन्डरआर्महरूमा लगाउनुहोस् र लगभग १५ देखि २० मिनेटको लागि छोड्नुहोस्। यसले छालाको मृत कोशिकाहरू हटाउँछ र काख सफा गर्छ।
बेसार र कागतीको मिश्रण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तपाईंले एउटा कचौरामा एक चम्चा बेसार र कागतीको रस निचोड्नुहोस् र मिलाउनुहोस्। जब पेस्ट तयार हुन्छ, यसलाई अन्डरआर्महरूमा लगाउनुहोस्। सुकेपछि सफा पानीले धुनुहोस् ।
यस्तै अर्को उपायका लागि एउटा काँचो आलुलाई पिसेर निचोरेर रस निकाल्नुहोस्। अब यसलाई कपासको बलको सहायताले प्रभावित क्षेत्रमा लगाउनुहोस् र लगभग ज्ञछ मिनेट पछि सफा गर्नुहोस्।
Facebook Comment