राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघ अर्घाखाँचीको सदस्य भएकोमा चिन्ता

डिसी नेपाल
१ पुष २०७९ १७:००

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी साधारणसभामा पत्रकारिताको शुद्धीकरणको विषयले प्राथमिकता पाएको छ । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा बोल्नेहरूले विषम परिस्थितीमा पत्रकारिता गरी हाल अन्य पेसा व्यवसायमा रहेकाले महासंघको सदस्यता त्याग गर्नुपर्नेमा जोड दिएका छन् ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, एमाले नेता शम्भु पोखरेल, माओवादी केन्द्रका नेता कृष्णहरि भुसाल, पत्रकार महासंघका पूर्वअध्यक्ष निमबहादुर रिजाल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायतले पत्रकार र दलको नेता चिन्न नसकिने अवस्था आउनु सिंगो पत्रकारिताको समस्या रहेको बताए ।

नेपाली कांग्रेसका नेता विष्णु मुस्कान, पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष बसन्त गिरी, महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष शोभाखर पन्थीलगायतले भने पत्रकारिता विचारविनाको हुन नसक्ने भन्दै पत्रकारहरूले गर्ने राजनीतिलाई स्वाभाविक मान्नुपर्ने आशय व्यक्त गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *