करेलासँग कहिल्यै नखानुहोस् यी ५ चिज

डिसी नेपाल
३ पुष २०७९ ११:५३

काठमाडौं । करेला स्वास्थ्यका दृष्टिकोणले धेरै नै फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले मधुमेह मात्र होइन, धेरै रोगबाट छुट्कारा पाउन सकिन्छ । स्वास्थ्यका लागि यति फाइदाजनक भए पनि के तपाईलाई थाहा छ करेलासँग केही चिज खानु निषेध गरिएको छ ।

करेलालाई यी चिजहरु खाँदा स्वास्थ्यलाई फाइदा नभई हानी हुन सक्छ । आउनुहोस् जानौं यस्ता केही कुराहरू।

करेला खाएपछि नखानुहोस् यी चिज:

दूध– करेला खाएपछि दुध खानु हुँदैन । यसो गर्दा पेटको समस्या हुन सक्छ । करेला खाएपछि दूध पिउनाले कब्जियत, पेट दुख्ने र पेटमा जलन हुने समस्या पनि हुन्छ ।

भिंडी –करेला खाएपछि भिंडी जस्ता तरकारी खानु हुँदैन । करेलासँगै भिंडी पचाउन शरीरलाई गाह्रो हुन सक्छ।

आँप– करेला संग आँप खाँदा स्वास्थ्य बिग्रन्छ । जसका कारण वान्ता हुने, जलन हुने, वाकवाकी लाग्ने र एसिडिटीको समस्या हुन सक्छ । वास्तवमा यी दुवै कुरा पचाउन समय लाग्न सक्छ।

मूला– करेलाको तरकारी खाइसकेपछि मूला वा मूलाबाट बनेको वस्तुको सेवन नगर्नुहोस् । मूला र करेलाको विभिन्न प्रभावका कारण यसले तपाईंको घाँटीमा एसिडिटी र कफ निम्त्याउन सक्छ।

दही–करेलाको करीसँग दहीको सेवन नगर्नुहोस्। करेला खाएपछि दहीको सेवन गर्नुहुन्छ भने छालामा दाग हुने समस्या हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *