विश्वकप फाइनलमा पराजयको एक दिनपछि आयो किलियन एमबाप्पेको ट्विट, के भने ?
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना च्याम्पियन बनेको छ । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।
यो खेल अप्स र डाउनले भरिएको थियो र दुबै टोलीको जर्सी नम्बर-१० अर्थात् अर्जेन्टिनाका लागि लियोनल मेस्सी र फ्रान्सका लागि किलियन एमबाप्पे खेलमा छाइरहे ।
जहाँ मेस्सीले विश्वकप जित्दा किलियन एमबाप्पेले उक्त खेलमा ह्याट्रिक गोल गरे पनि उपाधिबाट वञ्चित हुनु परेको थियो । फाइनलमा पराजित भएपछि किलियन एम्बापेले ट्विट गर्दै भनेका छन्, ‘हामी फर्कनेछौँ ।’
Nous reviendrons. ???? pic.twitter.com/Ni2WhO6Tgd
— Kylian Mbappé (@KMbappe) December 19, 2022
एम्बाप्पेले प्रतियोगितामा फाइनलमा तीन गोल सहित ८ गोल गरेका थिए र लियोनल मेस्सी (७ गोल) लाई पछि पार्दै गोल्डेन बुट जितेका थिए।
विश्वकप फुटबलमा प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ । एमबाप्पेले २०१८ को विश्वकपमा पनि चार गोल गरेका थिए ।
फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ र यदि सबै ठीकठाक रह्यो भने २३ वर्षीय एमबाप्पेसँग यसमा खेल्ने अवसर छ ।
Facebook Comment