के तपाई पनि नक्कली च्यवनप्रास खाँदै हुनुहुन्छ ? यसरी चिन्नुहोस् सक्कली च्यवनप्रास

डिसी नेपाल
५ पुष २०७९ १२:०७

काठमाडौं । जाडोको आगमनसँगै रुघाखोकी र फोक्सो समस्या धेरैमा देखा पर्ने गर्दछ । यस्तो अवस्थामा मानिसहरु प्रायः च्यवनप्रास खाने सल्लाह दिन्छन् । च्यवनप्रास एक पौष्टिक जाम हो जसले स्वास्थ्यलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनको लागि फाइदा गर्छ ।

च्यवनप्राश ५० भन्दा बढी जडीबुटीहरूबाट तयार गरिएको आयुर्वेदिक जाम हो। च्यवनप्रास जडीबुटी र प्राचीन आयुर्वेदबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो । च्यवनप्रास विभिन्न जडिबुटी, अमला, घिऊ, तिलको तेल र महको मिश्रणबाट बनेको पौष्टिक जाम हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरका विकार तत्व बाहिर निकाल्न च्यवनप्रासको महत्वपूर्ण भूमिका हुन्छ।

चिसोमा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ। रुघाखोकी लगायत भाइरल संक्रमण हुँदा पनि त्यसविरुद्ध लड्न चाहिने शक्ति र तत्वहरु च्यनवप्रासमा भएको एक अध्ययनले देखाएको छ । आज भोली बजारमा विभिन्न ब्रान्डका अनेकन प्रकारका च्यवनप्रासहरु बजारमा पाउन सकिन्छ । केहि सक्कली छन् तर केहि मिसावट छन्। तसर्थ, सक्कली र नक्कली च्यवनप्राश कसरी छुट्याउने भन्ने प्रश्न उठ्छ ।

आयुर्वेदिक विशेषज्ञहरुका अनुसार च्यवनप्राश वास्तवमा ५० भन्दा बढी जडिबुटी मिसाएर तयार गरिन्छ। जसमा अमला, पिपली, देसी घिउ, तेज पात, जायफल, सुक्खा अदुवा, दालचीनी, कालो मिर्च, ल्वाङ्ग, हरियो अलैंची, तारा बौंफ, जीरा र केसर जस्ता चीजहरू प्रयोग गरिन्छ। त्यसपछि यसमा गुड़ थपिन्छ। त्यसैले तपाईंले च्यवनप्राश खानु हँुदा यसको स्वाद कहिल्यै मीठो पाउनु हुँदैन । अलिकति मिठास रहनेछ तर तितोपन संगै पाउनु हुन्छ ।

विशेष गरी सुकेको अदुवा र लामो मिर्चको पिरो पिरो महसुस हुनेछ। यस्तो अवस्थामा तपाईले यसलाई पहिचान गर्न दुईवटा उपाय अपनाउन सक्नुहुन्छ।

–पहिलो: यसको स्वाद लिदा यदि यसमा चिनी जस्तै मिठास बढी छ भने यसमा चिनी मिसाइएको छ र यो नक्कली हो।
–दोस्रो : यसमा देसी ध्यु र गुड़बाट बनेको चिज पानी वा दुधमा हतपत घोलिदैन । यो तैरिन्छ। यदि तपाईको च्यवनप्राश सजिलै पानीमा घोलिन्छ वा दूधमा घोलिन्छ भने यो नक्कली हो भनेर बुझ्नुहोस् ।

च्यवनप्रास खानुका फाइदाहरु:
–च्यवनप्रास खाँदा जाडोमा शरीरमा गर्मी कायम रहन्छ । च्यवनप्रासको जडिबुटीमा यति धेरै गर्मी हुन्छ कि तपाईले शरीरमा न्यानो महसुस गर्नुहुनेछ। यसले तपाईको छातीमा न्यानोपनको अनुभूति दिनेछ।

–रुघाखोकी र फ्लुको समस्यामा च्यवनप्रासको सेवन निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई भित्रबाट तातो बनाउँछ र कफ आउन बन्द हुन्छ । कफसँगै खोकी लागे पनि यसले कफलाई पग्लेर बाहिर निकाल्न मद्दत गर्छ ।

–मौसमी संक्रमणबाट बच्नका लागि यो महत्त्वपूर्ण हुन्छ। यसले प्रतिरक्षा बढाउने गर्दछ। यस्तो अवस्थामा च्यवनप्रासको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र मौसमी संक्रमणसँग लड्न मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *