रोहित शर्मा र नवदीप सैनीले बंगलादेशसँगको दोस्रो टेस्ट नखेल्ने

डिसी नेपाल
५ पुष २०७९ १४:३५

काठमाडौं । भारत र बंगलादेशबीच दुई खेलको टेष्ट शृंखला हुँदैछ, जसको दोस्रो खेल २२ डिसेम्बरमा मिरपुरमा हुनेछ । रोहित शर्मा र नवदीप सैनीले दोस्रो र अन्तिम खेल खेल्न पाउने छैनन् ।

बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै रोहित शर्माको देब्रे हातको औंलामा चोट लागेको कारण मेडिकल सुपरिवेक्षणमा रहेको र सो खेल खेल्न नसक्ने बताएको छ ।

यससँगै नवदीप सैनी बाहिर रहनुको पछाडि उनको पेटको मांसपेशीको कारण रहेको बताइएको छ । बीसीसीआईले नवदीप सैनीको चोट ठीक गर्न एनसीएको सहयोग लिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *