नेपालबाट आएका आमाहरुको लागि नि:शुल्क ब्रेस्ट स्क्रिनिङ

डिसी नेपाल
७ पुष २०७९ १०:३६

काठमाडौँ। दिदी-बहिनी समाज भिक्टोरियाले अस्ट्रेलियाको भिक्टोरिया राज्यभरीका विभिन्न शहरमा स्थापना गरेको आफ्ना शाखाहरु मार्फत नेपालबाट आएका ५० बर्षमाथिका आमाहरुको लागि “PREVENTION IS BETTER THAN CURE” नीतिलाई अख्तियार गर्दै नि:शुल्क रुपमा ब्रेस्ट स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसै क्रममा भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पनि अभिभावकको रुपमा नेपालबाट आएका आमाहरुको लागि दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाले उक्त कार्यक्रम पहिलो पटक आयोजना गरेको हो।

दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाको संयोजक रेनु लम्सालका अनुसार ११ जनाको लागि बुकिङ गरिएकोमा ३ जना आमाहरु नेपाल फर्किसकेकाले यो पटकको कार्यक्रममा ८ जना आमाहरु सहभागी भएका थिए।

कार्यक्रममा भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका GGNEC Lead Strategist and Practice Lead ज्ञानेन्द्र उप्रेतीको पनि उपस्थिति थियो।

कार्यक्रममा सहभागी सबै आमाहरुले यसरी आफूहरुका लागि अस्ट्रेलिया जस्तो देशमा नि:शुल्क रुपमा यसरी यस्तो अवसर जुटाइदिएकोमा दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाप्रति आभार प्रकट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *