आइपीएलको खेलाडी लिलामी भोलि, कुन टिमले कति खेलाडी किन्न सक्छन् ?
काठमाडौं । आइपिएल २०२३ को लागि खेलाडीहरूको मिनी लिलामी कोच्चिमा २३ डिसेम्बर अर्थान भोलि शुक्रबार हुने भएको छ। सबै १० फ्रेन्चाइजी टोलीहरूसँगै, प्रशंसक र क्रिकेटरहरू पनि आइपिएलको यो मिनी लिलामीको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।
यस पटकको मेगा लिलामीमा ४ सय ५ खेलाडी सहभागी छन् । बोली लाग्ने ४ सय ५ क्रिकेटरमध्ये २७३ भारतीय खेलाडी छन् भने १३२ विदेशी खेलाडी छन् । १३२ विदेशी खेलाडीमध्ये ४ खेलाडी एसोसिएट देशका छन् । लिलामीमा कुल ११९ क्याप्ड र २८२ अनक्याप खेलाडीहरु सहभागी हुनेछन् । तर, सबै टोलीले जम्मा ८७ खेलाडी किन्न सक्नेछन्, जसमा बढीमा ३० विदेशी खेलाडी हुनेछन् ।
आईपीएलको लिलामी कोच्चिमा दिउँसो २:३० बजे सुरु हुनेछ । यो आईपीएलको १६ औँ मिनी लिलामी र समग्रमा ११औँ लिलामी हो। लिलामी भारतको स्टार स्पोर्ट्स नेटवर्कमा प्रत्यक्ष प्रसारण हुनेछ। जियो सिनेमा एप र यसको वेबसाइटमा लाइभ स्ट्रिमिङ हुनेछ।
अल्लाह मोहम्मद गजानफर आईपीएल २०२३ को लिलामीका लागि छनोट हुने सबैभन्दा कान्छो क्रिकेटर हुन्। गजानफर अफगानिस्तानका दायाँ हाते अफ स्पिनर हुन्। लिलामीमा सबैभन्दा बढी उमेरका टी–२० लेजेन्ड अमित मिश्रा छन् । ४० वर्षीय अमित मिश्राले आइपिएलमा दिल्ली डेयरडेभिल्स (२००८), डेक्कन चार्जर्स (२०११) र सनराइजर्स हैदरावाद (२०१३) का लागि आइपिएलमा ह्याट्रिक गरेका छन्।
ह्यू एडम्सले आईपीएल लिलामी प्रक्रिया ह्यान्डल गर्नेछन्। उनले २०१८ मा रिचर्ड म्याडलेबाट जिम्मेवारी लिए र त्यसपछि आईपीएल लिलामी होस्ट गर्दै आएका छन्। आईपीएल २०२२ को मेगा लिलामीमा ह्यु एडम्सको स्वास्थ्य बिग्रिएपछि चारु शर्माले जिम्मेवारी लिएका थिए ।
लिलामीको अन्त्यमा प्रत्येक टोलीमा कम्तिमा १८ खेलाडी र अधिकतम २५ खेलाडीहरू हुनुपर्छ। प्रत्येक टोलीमा बढीमा आठ विदेशी खेलाडी हुन सक्छन्। लिलामी अघि सबै १० टोलीसँग केही पैसा बाँकी छ । र, उनीहरूसँग केही खेलाडीको स्लट पनि खाली छ ।
टिमसँग उपलब्ध पैसा र खेलाडीहरूको लागि खाली स्लट
सनराइजर्स हैदरावाद – ४२.२५ करोड (१३ स्लट)
पञ्जाब किंग्स – ३२.२ करोड (७ स्लट)
लखनउ सुपर जायन्ट्स – २३.३५ करोड (१० स्लट)
मुम्बई इन्डियन्स – २०.५५ करोड (९ स्लट)
चेन्नई सुपर किंग्स २०.४५ करोड (७ स्लट)
दिल्ली क्यापिटल्स – १९.४५ करोड (५ स्लट)
गुजरात टाइटन्स – १९.२५ करोड (७ स्लट)
राजस्थान रोयल्स – १३.२ करोड (९ स्लट)
रोयल च्यालेन्जर्स बैंगलोर – ८.७५ करोड (७ स्लट)
कोलकाता नाइट ०५ ११ स्लट)
सबै टोलीको हालको टिम:
१. मुम्बई इन्डियन्स: रोहित शर्मा (कप्तान), टिम डेभिड, रमनदीप सिंह, तिलक वर्मा, सूर्यकुमार यादव, इशान किशन, ट्रिस्टन स्टब्स, डेवाल्ड ब्रुइस, जोफ्रा आर्चर, जसप्रित बुमराह, अर्जुन तेन्दुलकर, अर्शद खान, कुमार कार्तिकेय, ऋतिक शोकीन, जेसन बेहरेनडोर्फ, आकाश मधवाल।
२. सनराइजर्स हैदराबाद : अब्दुल समद, एडेन मार्कराम, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, अभिषेक शर्मा, मार्को जेन्सेन, वाशिंगटन सुन्दर, फजलहक फारुकी, कार्तिक त्यागी, भुवनेश्वर कुमार, टी. नटराजन, उमरान मलिक।
३. चेन्नई सुपर किंग्स : एमएस धोनी (कप्तान), डेभोन कोनवे, ऋतुराज गायकवाड, अम्बाती रायुडु, सुभ्रांशु सेनापति, मोइन अली, शिवम दुबे, राजवर्धन हंगेरगेकर, ड्वेन प्रिटोरियस, मिचेल सान्टनर, रवीन्द्र जडेजा, तुषार देशपांडे, मुकेश चौधरी, माथिसा पाथिराना, सिमरजित सिंह, दीपक सोलंकी, महीश थिक्षणा ।
४. पञ्जाब किंग्स : शिखर धवन (कप्तान), शाहरुख खान, जोनी बेयरस्टो, प्रभसिमरन सिंह, भानुका राजपाक्षे, जितेश शर्मा, राज बावा, ऋषि धवन, लियाम लिभिङस्टोन, अथर्व तायडे, अर्शदीप सिंह, बलतेज सिंह, नाथन एलिस , कागिसो रबाडा, राहुल चाहर, हरप्रीत ब्रार।
५. कोलकाता नाइट राइडर्स : श्रेयस अय्यर (कप्तान), नितिश राणा, रहमानउल्लाह गुरबाज, वेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, टिम साउथी, हर्षित राना, वरुण चक्रवर्ती, अनुकुल रोय, रिङ्कु सिंह ।
६.लखनऊ सुपर जायन्ट्स : केएल राहुल (कप्तान), आयुष बडोनी, करण शर्मा, मनन वोहरा, क्विन्टन डिकक, मार्कस स्टोइनिस, कृष्णप्पा गौतम, दीपक हुडा, काइल मेयर्स, क्रुणाल पाण्ड्या, आवेश खान, मोहसिन खान, मार्क वुड, मयंक यादव, रवि बिश्नोई।
७. रोयल च्यालेन्जर्स बैंगलोर : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, सुयश प्रभुदेसाई, रजत पाटीदार, दिनेश कार्तिक, अनुज रावत, फिन एलेन, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा, शाहबाज अहमद, हर्षल पटेल, डेभिड विली, कर्ण शर्मा, महिपाल लोमरोर, मोहम्मद सिराज, जोश हेजलवुड, सिद्धार्थ कौल, आकाश दीप।
८. राजस्थान रोयल्स : सञ्जु सैमसन (कप्तान), यशस्वी जैसवाल, शिमरोन हेटमायर, देवदत्त पडिक्कल, जोस बटलर, ध्रुव जुरेल, रियान पराग, प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, नवदीप सैनी, कुलदीप सेन, कुलदीप यादव, आर. अश्विन, युजवेन्द्र चहल, केसी करिप्पा।
९. दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान), डेभिड वार्नर, पृथ्वी शा, रिपल पटेल, रोभमान पावेल, सरफराज खान, यश धुल, मिचेल मार्स, ललित यादव, अक्षर पटेल, एनरिच नोर्किया, चेतन साकारिया, कमलेश नागरकोटी, खलील अहमद, लुंगी एन्गिडी, मुस्ताफिजुर रहमान, अमन खान, कुलदीप यादव, प्रवीण दुबे, विक्की ओस्तवाल।
१०. गुजरात टाइटन्स : हार्दिक पाण्डेय (कप्तान), शुभमन गिल, डेभिड मिलर, अभिनव मनोहर, साई सुदर्शन, ऋद्धिमान साहा, म्याथ्यू वेड, राशिद खान, राहुल तेवाटिया, विजय शंकर, मोहम्मद शामी, अल्जारी जोसेफ, यश दयाल, प्रदीप सांगवान, दर्शन नलकन्दे, जयंत यादव, आर साई किशोर, नूर अहमद।
Facebook Comment