भारतसँगको टेष्ट सिरिज २–० ले पराजित भएपछि बंगलादेशका मुख्य प्रशिक्षकले राजीनामा दिए
काठमाडौं । भारतसँगको दुई खेलको टेष्ट सिरिजमा पराजय भोगेपछि बंगलादेशका मुख्य प्रशिक्षक रसेल डोमिङ्गोले राजीनामा दिएका छन् । उनले गत मंगलबार आफ्नो निर्णयको बारेमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई बताए।
त्यसको दुई दिनअघि मात्रै भारत र बंगलादेशबीचको टेष्ट सिरिज भारतले २–० ले जितेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, बीसीबीको क्रिकेट अपरेशन्स अध्यक्ष जलाल युनुसले बुधबार एक खेलकुद वेबसाइटलाई भने, “उनले तत्काल प्रभावबाट राजीनामा दिएका छन्।” उनले मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई राजीनामा बुझाएका हुन् ।
डोमिङको कार्यकालमा बंगलादेशले अष्ट्रेलियाविरुद्धको टि-२० आइ सिरिज र दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको थियो। रसेल डोमिङ्गो सेप्टेम्बर २०१९ मा मुख्य प्रशिक्षक बने। तर, भारत र बंगलादेशको सिरिजपछि डोमिङ्गो क्रिसमसको छुट्टीमा दक्षिण अफ्रिका गएका थिए । त्यसयता उनको राजीनामाको चर्चा चलिरहेको थियो ।
जलाल युनुसले दोस्रो टेस्ट खेलपछि भने, ‘हामीलाई टोलीमा प्रभाव पार्ने प्रशिक्षक चाहिन्छ। तपाईंले चाँडै केही परिवर्तनहरू देख्नुहुनेछ। हामी प्रयासरत छौं। हामीलाई बलियो टोली चाहिन्छ। हामीले भारतलाई हराउनै लागेका थियौं तर यो टोलीलाई हराउन गाह्रो छ। हामीले यो मैदानमा इङ्ल्यान्ड र अष्ट्रेलियालाई हराइसकेका छौं तर यस्तो अवस्थामा भारतलाई हराउन गाह्रो छ।’
‘यस चरणमा खेलाडीलाई धेरै सिकाउनु पर्दैन तर सिरिजपछि प्रशिक्षकले खेलाडीको प्रदर्शनको समीक्षा गर्नुपर्छ ।’
Facebook Comment