ढाड दुखेको भन्दै महिलाले ८ महिना बिदा लिइन्, नाचेको देखेपछि मालिकले कारबाही गरे
काठमाडौं । झुट बोलेर बिदा लिएको आरोपमा एक महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ । ढाड दुखेको बहानामा उनले हाकिमसँग बिदा मागेकी थिइन् । तर, बिदा लिएर डान्सको भिडियो बनाइरहेकी थिइन् । उनले सामाजिक सञ्जालमा धेरै भिडियोहरु पनि अपलोड गरेकी थिइन् जसलाई मालिकले हेरे र उनलाई कारबाही गरिएको थियो। घटना स्पेनको हो ।
स्पेनिस समाचार पत्र ला भानगार्डियाका अनुसार महिला कर्मचारीको नाम पेडाड रहेको बताइएको छ । उनी सन् २००६ देखि सेमार्क एसी ग्रुप नामको कम्पनीमा क्यासियरका रूपमा कार्यरत थिइन् । गत वर्ष कार्यालयमा ढाड दुखेको बहाना बनाएर करिब ८ महिना तलबी बिदामा गएकी थिइन् । तर यस अवधिमा पेडाडले टिकटकमा आफ्नो डान्स भिडियो सेयर गरिरहेकी थिइन्।
हाकिमले उनको डान्सको भिडियो हेरे, त्यसपछि महिला कर्मचारीको संकटको घडी आयो । प्रमुखले उनलाई जागिरबाट निकाले । यो निर्णय विरुद्ध पेडाड श्रम अदालत पुगिन्, तर त्यहाँबाट उनी निराश भइन् । हालै अदालतले बजार कम्पनीको निर्णयलाई सदर गरेको हो । तर, पेडाडसँग सर्वोच्च अदालत जाने विकल्प छ ।
रिपोर्टका अनुसार पेडाडले कम्पनीमा तलबी बिदाको कारण बताउँदै आफूलाई कडा ढाड दुखेको र त्यसका कारण अफिस आउन नसकेको बताएकी थिइन् । तर, यथार्थमा त्यो बहाना मात्र थियो । किनभने बिदामा आराम गर्नुको सट्टा, पेडाडले टिकटकमा उनको नृत्य र यात्राको भिडियो साझा गरिरहेकी थिइन्।
यस्तो अवस्थामा, जब मालिकले टिकटकमा यी भिडियोहरू देखे, उनी रिसाए र पेडाडलाई तुरुन्तै बर्खास्त गरे। कम्पनीले पठाएको मेलमा पेडाडले आफ्नो स्वास्थ्य अवस्था अनुसार गर्न नसकिने खालका डान्स स्टेप्स गरिरहेको लेखिएको थियो ।
Facebook Comment