केही कुरा खाएपछि पेट फुल्ने समस्या छ ? यसो गर्नुहोस्

डिसी नेपाल
१७ पुष २०७९ १२:४७

काठमाडौं । कतिपयको पाचन प्रणाली यति कमजोर हुन्छ कि उनीहरुले केहि पचाउन सक्दैनन् । यदि उनीहरूले केही खाए भने, उनीहरूलाई पेटमा पोल्ने, घोच्ने, पेट दुख्ने गर्दछ । यस्ता मानिसले पेट दुख्ने डरले मनपर्ने परिकार खान समेत सक्दैनन् । कसै–कसैको पेट फुल्ने समस्या यति धेरै हुन्छ कि खाना खाएपछि पेटमा समस्या देखा परिहाल्छ । पेट फुट्ला जस्तो लाग्छ । यस्तो अवस्थामा चिकित्सको औषधीले काम नगरे केहि घरेलु उपचारहरू पनि अपनाउनु पर्छ ताकि तपाईले तुरुन्तै राहत पाउन सकिन्छ।

पेट फुल्ने समस्याबाट कसरी राहत पाउने ?:

–यदि तपाईलाई पेट फुल्ने समस्या छ भने खाना राम्रो संग चपाएर खानुहोस् । यसबाट जे खान्छौं त्यो राम्ररी पच्नेछ । खाना खान कहिल्यै हतार नगर्नुहोस् । आरामले विस्तारै चपाएर खानुहोस् ।

– खाना खानुभन्दा २० मिनेटअघि कागती पानी पिउनुहोस्, यसले तपाईको पाचन प्रक्रियामा कुनै बाधा आउँदैन । यसले तपाईंको पीएच स्तरलाई पनि सन्तुलनमा राख्छ।

–दिउँसोको खानामा पुदिनाको पात मिसाएर दही खान सक्नुहुन्छ। यसले तपाईंको पाचन इन्जाइमहरू सक्रिय गर्न काम गर्दछ।

–खानामा हिंगको प्रयोग गर्नुहोस् । यसो गर्दा खाना चाँडै पच्ने गर्छ। र फुल्ने समस्या पनि हुँदैन ।

–सबैभन्दा प्रभावकारी नुस्खा गुलकन्दको दूध हो। राती सुत्नुअघि यो पिउनुहोस्, यसले पेट बलियो बनाउँछ र पीएच स्तर पनि कायम राख्छ।

यसका साथै भुटेको चनाले तपाईको पेटलाई स्वस्थ मात्र राख्दैन तर रक्तचाप नियन्त्रणमा पनि काम गर्छ। यसका साथै यसले तौल घटाउन पनि मद्दत गर्छ ।

– अमला पेटका लागि पनि राम्रो मानिन्छ । यसको जुस दैनिक पिउनाले आँखा, कपाल र छालाको स्वास्थ्य स्वस्थ रहन्छ । यसले कब्जियतबाट राहत दिन्छ। पेटका लागि पनि किशमिश निकै राम्रो मानिन्छ ।

–नरिवल पानी पिउनुहोस् । यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ । काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।

– अदुवा खानुहोस् । खाएको कुरा नपच्ने ९अपच ० को औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *