एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन मे ६ र ७ मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता हुने भएको छ ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हो ।
२४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।
प्रतिक्रिया
Facebook Comment