पारिश्रमिक नपाएको भन्दै खेलाडीले ‘हडताल’ गरेपछि नेपाल टी-२० को खेल ९ ओभरमा छोटियो
काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न नमानेपछि करिब २ घण्टासम्म रोकिएको नेपाल टी-२० को आजको पहिलो खेल अन्ततः ९ ओभरमा छोट्याउनुपरेको छ । आजको पहिलो खेल सुरु हुने बेला खेलाडीले विरोध जनाएका थिए ।
खेल सुरु हुने बेला टोलीका कप्तानहरूले पारिश्रमिक नपाएको भन्दै टस गर्नै नमानेर हडताल गरेका थिए । २ घण्टाको छलफलपछि अन्ततः खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका हुन् ।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । काठमाडौंले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
प्रतिक्रिया
Facebook Comment