राती भूलेर पनि नखानुहोस् यी खानेकुरा, निम्त्याउँछ यस्तो समस्या
काठमाडौं । जाडो मौसममा हामीलाई अरु समयमा भन्दा धेरै नै भोक लाग्ने गर्दछ। यस्तो अवस्थामा तपाईले केहि खानेकुराहरु खानबाट भने जोगिनुपर्छ । किनकी यसमा तपाईको निद्रा बिगार्न सक्ने तत्वहरु हुने गर्दछ । यस बाहेक तपाईले धेरै समस्याहरू सामना गर्नु पर्ने हुनसक्छ ।
रातीको खानामा नखानुहोस् यी खानेकुरा:
टमाटर – सुत्नुअघि टमाटर खानु हुँदैन । यसमा अम्लीय हुन्छ। जसको सेवन गर्दा राति अपचको समस्या हुन सक्छ । यसबाहेक यसमा टायरामाइन पनि हुन्छ। यो एक एमिनो एसिड हो। जसले मस्तिष्क गतिविधि बढाउन मद्दत गर्दछ। जसका कारण निद्रामा समस्या आउन सक्छ । एक रिपोर्टका अनुसार राति टमाटरको सेवनले बेचैनी बढाउने गरेको देखाएको छ । बेचैनीले पर्याप्त र आरामदायी निन्द्रा पाउने सम्भावना कम हुन्छ ।
ब्रोकाउली– ब्रोकाउलीमा ट्रिप्टोफान हुन्छ । यसले निद्रामा मद्दत गर्छ, तर यदि तपाईंले सुत्नुअघि यसलाई काँचो खानुभयो भने, तपाईंलाई यसले निद्रामा समस्या हुन सक्छ। किनभने यसमा उच्च फाइबर सामग्री हुन्छ। पचाउन बढी समय लाग्छ । एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन।
कुखुराको मासु– कुखुरामा प्रचुर मात्रामा प्रोटिन हुन्छ । जसलाई पचाउन धेरै ऊर्जा चाहिन्छ। यो प्रोटीनमा एमिनो एसिड टाइरोसिन हुन्छ। जसले गर्दा मस्तिष्कको सक्रियता बढाउने गर्दछ।
मसालेदार खानाबाट टाढा रहनुहोस्– मसलादार खाना खाँदा एसिडिटीको समस्या हुन सक्छ । जसका कारण सुत्न पनि समस्या हुन्छ । यसबाहेक सुत्नुअघि मसलादार खाना खाँदा न्यानोपनको अनुभूति भएपनि यसले तपाईको निद्रामा समस्या ल्याउन सक्छ ।
चिज– चिजमा अमीनो एसिड टाइरामिन प्रचुर मात्रामा पाइन्छ । जसका कारण तपाईको दिमाग लामो समयसम्म सक्रिय रहन्छ । यसले तपाईलाई डिस्टर्ब गर्न सक्छ र यसको कारण तपाई लामो समयसम्म जागा रहन सक्नुहुन्छ।
क्याफीनयुक्त पेय पदार्थ– सुत्नुअघि भूलेर अल्कोहल र क्याफिनको मात्राबढी भएका पेयपदार्थहरुको सेवन नगर्नुहोस् । चिया, कफी र विभिन्न प्रकारका सफ्ट ड्रिंक्समा क्याफिन पाइन्छ। धेरै मात्रामा क्याफीन भएको पेय पदार्थले निद्रा भगाउने गर्दछ । त्यसैले राति सुत्नुअघि यी चिजको सेवन नगर्नुहोस् ।
प्याज– टमाटर बाहेक प्याज पनि एउटा यस्तो चिज हो, जसले पाचन प्रणालीमा गडबड गर्न सक्छ । प्याजले पेटमा ग्यास बनाउने काम गर्छ । यो ग्यासले तपाईंको पेटको दबाबलाई असर गर्छ, जसको कारण एसिड घाँटीतिर सर्छ। जस्ले गर्दा तपाईको स्वास्थ्यमा असर गर्दछ । काँचो वा पकाएको प्याज दुवैले यस्तो समस्या निम्त्याउन सक्छ, त्यसैले राती सुत्नुअघि सकेसम्म प्याजको सेवन नगर्नुहोस् ।
Facebook Comment