फुटबल खेलाडी डेमार ह्यामलिन मैदानमै हृदयघात भएर ढले, अवस्था गम्भीर

डिसी नेपाल
१९ पुष २०७९ १५:४६

काठमाडौं । अमेरिकी फुटबल स्टार डेमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन्।

उनलाई हृदयघात भएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २४ वर्षका ह्यामलिन द बफेलो बिल्सको लागि खेल्छन्। उनीहरुको खेल सिनसिनाटी बेङ्गल्ससँग थियो ।

खेलको पहिलो क्वार्टरमा भिडन्त भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो । पछि स्थानीय अस्पतालमा भर्ना गरियो। घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *