मिटरब्याजी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

डिसी नेपाल
१९ पुष २०७९ १६:०८

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री लामिछानेलाई आज गृह मन्त्रालयमा सो प्रतिवेदन बुझाएको हो ।

कार्यदलले मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास समेटिएका छन् ।

यसैगरी, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग भएको सहमतिमा उल्लिखित विषयहरू कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत सुधारको आवश्यकतासमेत औँल्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *