ऋषभ पन्तको अब मुम्बईमा उपचार गरिने

डिसी नेपाल
२० पुष २०७९ १४:२८

काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका क्रिकेटर ऋषभ पन्तलाई उपचारका लागि मुम्बई लगिने भएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै ऋषभ पन्तलाई आज मुम्बई लगिने बताएको छ।

ऋषभ पन्तको कार रुड़की नजिक ३० डिसेम्बरमा दुर्घटनामा परेको थियो । त्यसपछि उनलाई उपचारका लागि देहरादुनको निजी अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि बीसीसीआई सचिव जय शाहले ऋषभ पन्तलाई ‘सबै आवश्यक सहयोग’ उपलब्ध गराइने बताएका थिए। पन्तको स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसीयूबाट निजी सुइटमा सारिएको शर्माले जानकारी दिएका थिए ।

टीम इन्डियाका प्रशिक्षक राहुल द्रविड, ट्वान्टी-२० कप्तान हार्दिक पाण्ड्या र उपकप्तान सूर्य कुमार यादव लगायत टीम इन्डियाका धेरै खेलाडीले भिडियोमार्फत ऋषभलाई शुभकामना दिएका छन् र उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *