सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर निर्देशन
काठमाडौं । सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएसँगै सशस्त्र प्रहरी मुख्यालय ले चार डिआइजीलाई काठमाडौ बोलाएको छ । प्रहरी महानीरिक्षक राजु अर्यालले त्यहाँबाट गुनासो आउनुको कारणबारे बुझ्नलाई सीमा क्षेत्रका डिआइजीहरुलाई काठमाडौ बोलाएका हुन् ।
‘सीमा क्षेत्रको प्रदेश कमाण्ड सम्हालेका डिआइजीहरुलाई सशस्त्र प्रहरी मूख्यालय बोलाइएको हो, सीमाबाट तस्करी बढेको गुनासो आएपछि त्यसबारेमा बुझ्न बोलाइएको थियो आज प्रहरी महानीरिक्षकसहित उहाँहरुको बैठक बसेको थियो’, मूख्यालय स्रोतले भन्यो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिहरुलाई मूख्यालयमा बोलाएर तस्करी नियन्त्रण नभए कडा कारवाही गर्ने चेतावनी दिएको स्रोतको दावी छ ।
‘म शून्य सहनशीलतामा छु यदि मेरो नाम लिएर कसैले अनैतिक काम गरेको पुष्टि कारवाही गरिने छ ।’,उनले डिआइजीहरुलाई चेतावनीको भाषामा निर्देशन दिएको स्रोतको दावी छ ।
मूख्यालयमा प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई बोलाइएको थियो । उनीहरु शुक्रबार कार्यक्षेत्रमा जाने मूख्यालयले जनाएको छ ।
Facebook Comment