बिहान खाली पेटमा पुदिनाको पात खानुहोस्, यस्ता छन् फाइदाहरु
काठमाडौं । सबैले आफ्नो घरमा पुदिनाको विरुवा रोप्नु भएको होला । यो किनभने घरमा पुदिना रोपेर तपाईंलाई आवश्यक पर्दा आरामसँग प्रयोग गर्न सक्नुहुन्छ। पुदिना बहुउपयोगी वनस्पति हो । पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।
पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूट्रिन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुमा भिटामिन ुएु प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ ।
वास्तवमा बिहान खाली पेटमा पुदिनाको पात चपाउँदा शरीरलाई धेरै फाइदा हुन्छ । यो निको पार्ने गुणले भरिपूर्ण मात्र नभएर जीवनशैलीसँग सम्बन्धित धेरै रोगहरूबाट बच्न पनि मद्दत गर्छ। यसबाहेक पुदिनाको पात चपाउनुका धेरै फाइदाहरू छन्।
बिहान खाली पेटमा पुदिनाको पात चपाउँदा यस्तो फाइदा हुन्छः
पेटको समस्या – पुदिनाको पातमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जुन पेटको कीरामा उपयोगी हुन सक्छ। हामीले नियमित रूपमा बिहान खाली पेटमा पुदिनाको पात चपाउँदा पेटमा भएको कीराहरू मार्छ। यसले वाकवाकी, बान्ता र पेटको समस्या उत्पन्न गर्दैन।
एसिडिटीको समस्या – एसिडिटीमा बिहान खाली पेटमा पुदिनाको पात चपाउँदा फाइदा हुन्छ । यसको चिसो गुण र केहि एन्टिअक्सिडेन्टहरूले पेटको पीएच सन्तुलन र अम्लीय रस कम गर्न मद्दत गर्दछ। जसले गर्दा एसिडिटीको समस्या हुँदैन ।
अनुहारको छालामा भएको समस्या – पेटमा गर्मी बढेपछि मुखमा छाला आउने गर्छ । यसबाहेक कहिलेकाहीँ खानाको संक्रमण वा मुखको संक्रमणका कारण पनि यो समस्या सताउँछ। यस्तो अवस्थामा पुदिनाको पात चपाउँदा यसको एन्टिब्याक्टेरियल गुणले मुखको अल्सर कम गर्छ, पेटलाई चिसो बनाउँछ र यो समस्या हटाउँछ।
चम्किलो छालाका लागि– छालालाई चम्किलो बनाउन पुदिनाको पात खानु फाइदाजनक हुन्छ । वास्तवमा, यो रगत सफा गर्न र रक्त परिसंचरण सुधार गर्न मद्दत गर्दछ। यसका साथै यसले छालालाई चम्किलो बनाउन पनि मद्दत गर्छ ।
पुदिनाका निम्न फाइदाहरु :
–नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ ।
–दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।
–हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ ।
–पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।
–पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।
–पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
–पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।
–पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ ।
–शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।
–साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २र३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।
–प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ ।
–पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ ।
–पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ ।
–नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ ।
Facebook Comment