एसिया कप २०२३ को क्यालेन्डर सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा

डिसी नेपाल
२३ पुष २०७९ १०:१६

काठमाडौं । एसिया कप २०२३ को क्रिकेट क्यालेन्डर सार्वजनिक भएको छ र भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । बीसीसीआई र एसियाली क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष जय शाहले ट्वीट गर्दै सन् २०२३ र २०२४ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेका छन् ।

यसमा एसिया कप २०२३ को समयतालिकाको बारेमा पनि जानकारी दिइएको छ । उनले लेखे, “एसीसीको ढाँचा र सन् २०२३ र २०२४ को क्रिकेट क्यालेन्डर ! यसले यस खेललाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो प्रयास र जोशलाई देखाउँछ। धेरै देशका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्न र अद्भुत क्षणहरू सिर्जना गर्न एकसाथ आउनेछन्।”

यो क्यालेन्डरले जुलाईमा हुने पुरुष इमर्जिङ टिम्स एसिया कप, सेप्टेम्बरमा हुने पुरुष ओडीआई एसिया कप र डिसेम्बरमा हुने पुरुष यू-१९ एसिया कपमा भारत र पाकिस्तान एउटै समूहमा रहेको देखाउँछ।

तर, एसिया कप कहाँ आयोजना गर्ने भन्नेमा विवाद छ । एसिया कप पाकिस्तानमा हुने भनिएपनि बीसीसीआईले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो ।

यसपछि पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमीज राजाले भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *