प्रभु र सेञ्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु

डिसी नेपाल
२६ पुष २०७९ १३:१६

काठमाडौँ। प्रभु बैंक र सेञ्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ। प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो।  दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए।

प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ। यसर्थ, सेञ्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभु बैंकको नाममा १०० कित्ता नै सेयर पाउनेछन्।

हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *