गठबन्धन फर्काउन कांग्रेसले विश्वासकाे मत दियोः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन फर्काउन आफूहरुले प्रधानमन्त्रीलाई विश्वासकोमत दिएको बताएका छन् । संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले टुटेको गठबन्धन फर्काउन विश्वासको मत दिएको बताएका हुन् ।
हालका गठबन्धन दलभित्रै राजनीतिक मतभेद कायमै रहेकाले पूर्ववत गठबन्धन ब्युँतिन सक्ने उनले बताए ।
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न जारी राखेकाले राजनीतिक मतभेद कायम हुँदा पुरानै गठबन्धन फर्कन सक्ने संभावना उनलेऔंल्याएका हुन् ।
प्रतिक्रिया
Facebook Comment