बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गरेको प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्
प्रतिक्रिया
Facebook Comment