जाजरकोटमा ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

सुर्खेत। जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए।
प्रतिक्रिया
Facebook Comment