मुगुका बाढी पीडितलाई राहत वितरण

मुगु । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएकाे छ । छायाँनाथ रारा नगरपालिका -८ का बाढीपहिराे पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकाे हाे ।
टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चालल, २ केजी दाल, १ पाकेट नुन, डसना सिरक र तन्ना वितरण गरिएकाे हाे ।
गत असोज १८ देखि २३ गतेसम्म् अविरल वर्षाका कारण घरबारी गुमाएका पीडितलाई राहत दिइएकाे हाे । गत असोजमा गएकाे बाढीपहिराेले मुगुका चारवटै पालिकामा करोडौको भौतिक सम्पत्तिमा क्षति गरेकाे थियाे ।
प्रतिक्रिया
Facebook Comment