वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई कारवाहीको दायरमा ल्याइने

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्नेलाई सरकारले निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका छन्।
आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुंग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका हुन्।
उनले अहिले संस्थागत ठगि गरे बदनामी हुने डरले म्यानपावर कम्पनीले नै व्यक्तिलाई अघि सारेर ठगि गरेको आशंका रहेको धारणा रखे।
यस क्षेत्रमा हुनेगरेको ठगिका बारेमा आफु जानकार रहेको र त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सवैको सहयोग आवश्यक रहेको उनले बताए।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नका लागि मन्त्रालयका बिभिन्न निकायलाई निर्देशन नै दिइसकेको जानकारी दिए। उनले आफू मन्त्री भएदेखि श्रमिककै हकहितका लागि काम गरिरेहेको दावी गरे।
श्रम, रोजगारका क्षेत्रमा काम गर्नका लागि आफुलाई सवै टिमबाट सहयोग प्राप्त भएकाले वैदेशिक रोजगारीको क्षेत्रका अन्य समस्याहरु अवगत गराउन उनले आग्रह गरे।
Facebook Comment