सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

बझाङ। सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन्। सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका-४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
थापाले दुर्गाथली गाउँपालिका-२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो।
थापा छबिस पाथिभेरा गाउँपालिका-४ का वडाअध्यक्षका छोरा हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment