मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा ३ नेपाली खेलाडीले राखे रेकर्ड

डिसी नेपाल
२४ माघ २०७९ १३:१४

काठमाडौं। डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन्।

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राख्न सफल भएका हुन्।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ३१ केजी, तामाङ ‍५३ केजी, र राठोरदले ६३ केजीको खेलमा प्रतिस्पर्धा गरेका थिए।

उनीहरु तीनै जनाले द्धितिय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दिपक तामाङले बताए। थाइल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए।

प्रतियोगितामा खेलाडीहरुको व्यवस्थापनका लागि टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरु सँगै थाईल्याण्ड पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *