सुदूरपश्चिमका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, एक महिनामै ढल्यो सरकार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढलेको छ। नेकपा (एमाले)का मुख्यमन्त्री राजेन्द्र रावलले विश्वसको मत नपाएपछि पदमुक्त भएका छन्
उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्।
उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद अनुपस्थित भएपछि उनले विश्वसको मत पाउन असफल भए ।
प्रतिक्रिया
Facebook Comment