प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट
![प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट](https://www.dcnepal.com/wp-content/uploads/2023/02/nepal-army.jpg)
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया
Facebook Comment