उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए (भिडियोसहित)
काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएका छन् । शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
स्वदेश फर्किपछि यू–२० नेपाली फुटवल टोलीकी कप्तान प्रिति राइले प्रतियोगीताको उपाधी जित्न नसक्दा दुख लागेपनि समग्रमा राम्रो खेल प्रदर्शन गरिएको बताएकी छिन् । नयाँ ठाउमा गएर खेल्न जाँदा पहिलो दुई खेल कठिन भएपनि त्यसपछिको खेल सहज हुदै गएको उनले बताइन्
त्यस्तै यू–२० नेपाली फुटवल टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले समग्रमा खेल राम्रो भएको बताए । उहाले फाइनलमा नेपालको रणनीति सफल भएपनि उपाधी भने जित्न नसकेको धारणा राखेका छन्। साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो ।
Facebook Comment