प्राञ्जल पोखरेलको स्वरमा ‘समय’
काठमाडौं । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिएकी छन् ।
योगेश शाक्यको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रुपन्देहीको भैरहवाका स्थायी बासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक गीत ‘दिलमा सर्किट बनेर’ निक्कै मनपराइएको थियो । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शकरस्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए । ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएको छौं, दर्शकरस्रोताले मनपराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भने ।
Facebook Comment