लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने बन्त्री ? (सूचीसहित)
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका छन् ।
पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो । संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिक्रिया
Facebook Comment