आत्म निर्भर बनाउन महिलालाई सिलाई कटाई तालिम

लमजुङ । बेसीशहर नगरपालिका ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर भएका छन् ।
वडा कार्यालयको आर्थिक वर्ष ०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको वडाले जनाएको छ ।
सिलाई कटाई तालिमको लागि वडाले सात लाख ७७ हजार ८८० रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाले सोही तालिमको लागि २१ वटा मेसिन खरिद गरिएको छ भने तालिम सम्पन्न पश्चात् सो मेसिन सहभागिताहरुलाई प्रदान गरिने वडा अध्यक्ष पवित्र थापा रानाले बताए।
प्रतिक्रिया
Facebook Comment