नेपालको विकास किन हुन सकेन ?
यो संसारमा कुन ठाउँ त्यस्तो छ जहाँ पहाड, नदी नाला, समथर मैदान, सुक्खा भूमि नभएको होस्। यी सबै प्रकृतिका अनमोल उपहार हुन् जसको माध्यमबाट देशलाई बिकसित बनाउन सकिन्छ।
हाम्रो देश नेपाल पनि एउटा त्यस्तो मुलुक हो, जसलाई प्रकृतिले यस्ता अनमोल खजानाका भण्डार प्रचुर मात्रामा प्रदान गरेको छ। संसारले हाम्रो देश नेपालमा के कुराको कमी छ र? यो देश ज्ञानको अमुल्य भण्डार पनि हो र यहाँका मानिस उत्तम विचारका धनी छन्।
इतिहासको कालखण्डलाई हेर्ने हो भने त झन् नेपाल स्वर्ण युगमा रहेको थियो। जुनबेला अमेरिका पत्ता लागेको थिएन, बेलायत औद्योगिक क्रान्तिको सुरुवातमा थियो, फ्रान्स विकासको सुरुवातमा थियो भने जर्मन लडाईं झगडामा अल्झेको थियो।
त्यस्तै चीनमा विभिन्न कडा शासकले राज गरिरहेका थिए भने भारत बेलायतको इष्ट इन्डिया कम्पनीको सत्ताको अक्कडमा फसिरहेको थियो। तर हाम्रो देश नेपाल एक सुन्दर शान्त र विशाल रुपमा रहेको थियो।
समयको लामो अन्तरालमा नेपालका सच्चा शासकहरु देहावशान हुँदै गए। नेपालमा राणा शाशनको उदय भयो। करिव १०४ वर्षसम्म यो शासनले जरो गाड्न पुग्यो। देशमा सत्ता स्वार्थको जरा बिस्तारै गाडिन पुग्यो।
राणाहरु प्रधानमन्त्रीको श्रीपेच हल्लाउँदै सारा दिन ऐश आराममा बिताउने गर्थे। देश कहाँ छ र कसरी चलिरहेको छ, उनीहरुलाई अत्तोपत्तो थिएन।
राणा शासक राष्ट्रिय विकास र राष्ट्रको स्वार्थ भन्दा आफ्नै स्वार्थमा रमाइरहेका थिए र ऐश आराममा चुर्लुम्ब डुबेका थिए। तर विदेशका पूर्वीय र पश्चिमी देशहरु धमाधम विकासको गतिमा लम्किइरहेका थिए।
ज्ञान दूरदृष्टि, लगनशीलता, कर्मशिलता र इमान्दारिता कायम गर्ने हो भने नेपाल पनि अन्य मुलुकको दाँजो पुग्न सक्छ। किनकि यी सबै विशेषताहरु भित्र अन्य सबै कुराहरु निहित रहेको हुन्छ। आजको विकास खाली पढ्नुमा मात्र छैन। बहस गर्नुमा मात्र छैन।
भारत अंग्रेजको सत्ता चंगुलबाट उम्किन मोहनदास करमचन्द गान्धिजीको अगुवाईमा अहिंसावादी आन्दोलनको अभियानमा गुज्रेको थियो भने चीन चियाङकायी सेक र माओत्से तुङको नेतृत्वमा आन्दोलित रुपमा देशको विकासको खातिर लम्किइरहेको थियो।
जसले जे भने पनि यी देशमा राष्ट्रवादी नेताहरुको उपस्थिति थियो। पश्चिमी देश र युरोपमा पनि विकासको लहर चलिरहेको थियो। तर हाम्रो देश नेपाल भने राणाहरुको ऐश आराममा मग्न थियो।
विकास भन्ने चिज राणाहरुको दिमागमा घुसेको थिएन। भारत र चीनमा जागरणको अभियानमा ‘अंग्रेज भारत छोडो अभियान’ र चीनमा मोत्सेतुङ डा.सनयात सेन र ली साउ ची जस्ता देशलाई काँधमा बोक्ने नेताहरु थिए भने संसारका विकसित मुलुकहरुमा यस्तै यस्तै नेताहरुको नेतृत्व चलेको थियो।
अनि त देश मरुभूमिको देश वा हिउँ नै हिउँको देश भएपनि नागरिकको इमान्दारिपना, नेतृत्वकारीको सवल नेतृत्व, राष्ट्रप्रतिको माया मोह, लगनशीलता र गम्भिरपनाले आज देश हेर्न लायकका भएका छन्।
आफ्नो देश छोडेर भारत, चीन, जापान, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स र अन्य देशहरु घुम्दा पाँच कुराहरुले देश विकास भएको हामी पाउँछौं। त्यो हो ज्ञान, इमान्दारीता, दूरदृष्टि, लगनशीलता र कर्मशिलता जुन कुराहरु हामी हाम्रो देश नेपालमा पटक्कै पाउँदैनौं। न नेतामा पाउँछौं, न राष्ट्रसेवक कर्मचारीहरुमा, न व्यापारीमा, न जनताहरुमा न त मन्त्रीहरुमानै पाउँछौं।
यो आजको मात्र नेपालको रोग नभई १०४ वर्षको राणाकाल, तत्पश्चात २००७ साल देखिको २०१६ सालसम्मको राजनैतिक अस्थिरता, २०१७ साल पछि २०२८ सालसम्मको श्री ५ महेन्द्रको पंचायती ब्यबस्था हुँदै गुज्रिएको देश र २०४७ सालको नयाँ सविधान बनाए लगत्तै देशका नेताहरुमा आएको सत्ताको तछाड मछाड, २०५८ सालमा भएको फेरि दरबारको बिभत्स हत्याकाण्ड, यस्तै फेरि २०६२/६३ को माओवादीहरुको जगजगी, त्राही त्राहीको बातावरण, गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षताको नौलो अवतरण, २०७२ सालको पुन अर्को संविधान र २०७४ र २०७९ सालको गठबन्धनको अप्राकृतिक चुनाव।
यस्तै यस्तै मूल्यहीन क्रियाकलापमा बितेको नेपालको विकासको समयको अपचलनले देश सधैं जस्ताको तस्तै अबस्थामा रहनु कुनै अश्वाभाविक होइन।
देश बनाउने बेलामा सत्ता शासकहरुको विभिन्न राजनैतिक चलखेल, आर्थिक अपचलन र अपारदर्शिता र देशको परराष्ट्र नीतिमा मनपरी र केटाकेटीपना कै कारणले अरु देशको दाँजोमा नेपालको विकास हुन नसकेको हो।
यो देशको विकास नहुनुमा कसैको दोष छैन सिर्फ शासक र शासित जनताहरुकै दोष हो। यी दुईको पिछलग्गुपनाले गर्दा नै देश हरेक कुरामा पछि पर्न गएको हो।
नेताहरुमा इमान्दारिता, निष्ठा, जवाफदेहिता, कर्मशिलता, उत्साहिता र ज्ञान नहुनु, दूर दृष्टिको चरम अभाव हुनु र इच्छा शक्तिको शून्यता रहनु नै यो देशको बिकासको लागि मूल तगाराहरु हुन्।
प्राकृतिक श्रोत र साधनहरुले परिपूर्ण यो देश संसारमा सानो भएपनि कुनै कुरामा कमी र दुखी छैन। कमी छ भने एउटै कुराको कमी र अभाव छ, त्यो हो देश बनाउने र हाँक्ने सच्चा राजनेता।
संसारका विकसित मुलुकमा धेरै देश निर्माण र विकास गर्ने नेताहरु जन्मिए र आफ्नो देशलाई प्रगतिको शिखरमा पुर्याए। चिनमा डेङ जियाओपिङ, सि जिन पिङ, मलेसियामा महाथिर मोहम्मद, सिंगापुरमा लि कुआङ यु, भारतमा ठूला तर त्यागी नेता नेहरु, लालबहादुर शास्त्री, अटलबिहारी बाजपेयी र आजका नरेन्द्र मोदी। अरु पश्चिमा मुलुकहरुको त कुरै नगरौं।
तर हाम्रो देश नेपाल एक त्यस्तो मुलुक हो जसले राणाशासनको अन्त्य पश्चात श्री ५ महेन्द्र र बिपी कोइराला बाहेक अरु कुनै कुशल राजनेता नेपालले पाउन सकेन। यिनीहरुको छोटो शासन र आयुले देशले कैयौं कुराको दीर्घ विकास गर्न नसकेकै हो भन्नुमा कुनै दुई मत नहोला।
काम भन्दा कुरा बढी हुने यो देश नेपालमा यदि नेताहरुले काँचुली नफेर्ने हो भने, यदि नयाँ र जोशिला र पढेलेखेका युवा युवती न आउने हो भने यो देशको बिकास असम्भव छ।
यसको अभावमा खाली पुराना नेताहरुको आश गरिरहने हो भने यो देश नेपालको भविष्य अझ कहाली लाग्दो देखिन्छ। विकासको त कुरै छोडौं। ठूल्ठूला योजन बनाउँदैमा, ठेलीका ठेली तथ्यांकहरुको संकलन गर्दैमा मात्र देशको विकास हुने भएको भए सबैले यही नै गर्थे होलान् र सबै नेपाल जस्तै बन्ने थिए होलान्।
तर अरु देशहरुका शासकहरुले राष्ट्रिय स्वार्थलाई, विकासलाई र जनताहरुको आवश्यकता र इच्छालाई मूल प्राथमिकतामा राखी काम गरेकै हुँदा आज विदेशहरु विकसित हुँदै गएको देखिन्छ।
यसमा अरु कुनै ठूलो जादु छैन। तसर्थ अरु देशको विकासको नक्कल गर्ने हो भने केवल चार–पाँच कुराहरु मात्र याद गरेमा देश बिकास हुन धेरै समय लाग्दैन।
ज्ञान दूरदृष्टि, लगनशीलता, कर्मशिलता र इमान्दारिता कायम गर्ने हो भने नेपाल पनि अन्य मुलुकको दाँजो पुग्न सक्छ। किनकि यी सबै विशेषताहरु भित्र अन्य सबै कुराहरु निहित रहेको हुन्छ। आजको विकास खाली पढ्नुमा मात्र छैन। बहस गर्नुमा मात्र छैन।
ठूला ठूला कुरा गर्नुमा मात्र छैन। अनावस्यक वाद विवाद गरी अमूल्य समय खेर फाल्नुमा मात्र छैन। छ त केवल कर्ममा तल्लीन भई बिभिन्न विधामा विकाश निर्माण उन्नति र प्रगति गर्नु परेको छ। भोलिको नेपाललाई पूर्ण रुपमा विकास गर्नु परेको छ र विश्वमा नेपाल चिनाउनु परेको छ।
विकास कसरी हुन्छ भन्ने कुराहरुको कारण खोजिखोजी हिँड्नु परेको छ। त्यसो मात्रै गर्ने हो भने पनि नेपालको विकास संभव छ।
Facebook Comment