एर्भटनलाई २-० लाई पराजित गर्दै लिभरपुलको जित

डिसी नेपाल
२ फागुन २०७९ ८:४०

काठमाडौं। एभर्टनलाई २-० अन्तरले पराजित गर लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ। एनफिल्डमा सोमबार राति भएको खेलमा मोहम्मद सलाह र कोडी गाक्पोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेका हुन्।

लिभरपुलले सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६औं मिनेट इजिप्टिन स्टार सलाहले गोल गर्दै लिभरपुलाई १-० को अग्रता दिलाए। उनले डार्विन नुनेजको पासमा गोल गर्न सफल भएका थिए। ४९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको क्रसलाई गाक्पोले सदुपयोग गर्दैै अर्को गोल थपेर क्लबलाई २-० को अग्रता दिलाए।

लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो, लिभरपुलका लागि सातौं खेलमा उनले पहिलो गोल गरेका हुन्। कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै मौसममा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आएका थिए।

यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *