नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दियो

डिसी नेपाल
२ फागुन २०७९ १२:३५

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेपालबीच किर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको छ । नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको हो ।

नामिबियाको लागि मिचेल भान लिंगेनले १३३ रन बनाए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का हाने । कप्तान गेरहार्ड इरास्मसले ५६, जेन ग्रिनले ३४ रन बनाए ।

नेपालका लागि करण केसीले ५ विकेट लिए । सन्दिप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *