बालाजु वृत्तका डिएसपी रविन बिष्टलाई उपत्यका प्रहरी कार्यालय तानियो

डिसी नेपाल
२ फागुन २०७९ १२:४८

काठमाडौं । उचित सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै बालाजु वृत्तका डिएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा डिएसपी विष्टले उचित सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै प्रहरी उपत्यका प्रहरी कार्यालयले तानेको हो ।

उनको स्थानमा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौंमा रहेका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

सोमबार आन्दोलनरत यातायात मजदुरहरुले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिट जलाएका थिए । त्यस्तै ल्होल्से मलमा समेत तोडफेड गरेका थिए ।

उनीहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आजबाट उपत्यकामा सार्वजनिक यातायात नचलाउने घाषणा गरेका भएपनि यातायात मन्त्रालयका वार्ता भएपछि अहिले सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *