एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित पौडेल
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पूरा गरेका छन् ।
यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका छन् । उनीपछि एकदिवसीयमा सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । आजको खेलमा आउट भइसकेका ज्ञानेन्द्रले ७३४ रन बनाएका छन् ।
आजको खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ र अहिले लक्ष्य पच्छ्याउँदै ब्याटिङ गरिरहेको छ । २९ ओभरको खेल सकिँदासम्म नेपालले २ विकेटको क्षतिमा १५४ रन बनाएको छ ।
प्रतिक्रिया
Facebook Comment