देउखुरीमा चितुवा आतंक, एकै रातमा १७ बाख्रा मार्यो

लमही । दाङको देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ ।
लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए ।
“राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो”, अधिकारीले भने ।
यस्तै लमही नगरपालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ । डाँगीले चरिचरनका लागि जङ्गल लगेका थिए ।
त्यस्तै मङ्गलबार राति नै लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।
विगत डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतंक बढेको छ ।
प्रतिक्रिया
Facebook Comment