बाख्रा फार्ममा आगलागी हुँदा बत्तिस लाख क्षति

डिसी नेपाल
७ फागुन २०७९ २२:४३

दमौली। तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ। सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आज आगलागी हुँदा सो क्षति भएको हो।

आगलागीबाट चार बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएको प्रहरीले जनाएको छ। बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामन पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए।

सो फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए। प्रहरीका अनुसार राति ०१ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किनुभएका उपाध्यायले विसं २०७७ साल असारबाट उक्त फार्म सञ्चालन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *