भारतद्वारा नेपाललाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण (भिडियो)

डिसी नेपाल
८ फागुन २०७९ १४:४८

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री पद्म गिरीलाई डायलासिस उपकरण हस्तान्तरण गरेका हुन् । सो अवसरमा भारतीय राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको जानकारी दिए।

डायलासिस उपकरणले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने उनको विश्वास छ । उनले सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिए। त्यस्तै स्वास्थ्यमन्त्री गिरीले भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुराएर सहज रुपमा उपचार सेवा सुरु गर्ने बताए।

भारतले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ ।

भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *