अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर बाँकी दुई टेस्टबाट बाहिरिए

डिसी नेपाल
९ फागुन २०७९ १४:४६

काठमाडौं । डेभिड वार्नरले अब अस्ट्रेलिया र भारतबीच जारी बोर्डर–गावस्कर सिरिजका बाँकी दुई टेस्ट खेल्न पाउने छैनन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान वार्नर दिल्लीमा भएको दोस्रो टेष्ट खेलमा घाइते भएका थिए । मोहम्मद सिराजको बलबाट यो चोट लागेको हो ।

सिरिजका पहिलो दुई खेलमा भारतीय टोली विजयी भएको छ । बाँकी दुई टेष्ट खेल इन्दौर र अहमदाबादमा हुनेछन्।

क्रिकेट अस्ट्रेलियाको वेबसाइटका अनुसार वार्नर तीन खेलको एकदिवसीय सिरिज खेल्न भारत फर्कन सक्नेछन् ।

अहिले डेभिड वार्नर चोटपछि अस्ट्रेलिया फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *