यू–१९ राष्ट्रिय टोलीको कप्तानमा देव खनाल नियुक्त

डिसी नेपाल
९ फागुन २०७९ २१:५४

काठमाडौं । यू–१९ राष्ट्रिय टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार युवा ब्याटर खनाललाई कप्तान बनाएको हो । आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटका लागि खनालले कप्तानी गर्ने भएका हुन् ।

यसअघि यू–१९ कप्तानमा गुलशन झालाई नियुक्त भएका थिए । तर झा सिनियर टोलीबाट आइसीसी विश्वकप लिग दुई खेल्ने भएपछि देव खनाल कप्तानमा नियुक्त भएका हुन् । क्यानले गुलशन झाको स्थानमा आकाश चन्दलाई टिममा समावेश गरेको छ ।

देव खनालले गतवर्ष यू–१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए । नेपाल तीनै खेलमा पराजित हुँदै बाहिरिएको थियो । बिहीबार देखि युएईमा हुने यू–१९ विश्वकप एसिया क्षेत्रको लागि नेपाली टोली बुधबार युएईतर्फ प्रस्थान गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *